५१ जिल्लामा पुग्यो कोरोना, आज थप चार जिल्लामा भेटिए नयाँ संक्रमित
काठमाडौं। आज थप चार जिल्लामा कोरोना संक्रमित फेला परेका छन्।
प्रदेश १ को सोलुखुम्बु, बागमती प्रदेशको दोलखा तथा सुदूरपश्चिम प्रदेशको बझाङ र दार्चुलामा नयाँ संक्रमित भेटिएका हुन्।
यो सँगै नेपालमा सात प्रदेशका ५१ जिल्लामा कोरोना संक्रमण पुगेको छ। प्रदेश १ मा आज सोलुखुम्बुमा नयाँ संक्रमित देखिएसँगै ८ जिल्लामा १२९ जना संक्रमित भएका छन्।
बागमती प्रदेशकको दोलखा जिल्लामा आज नयाँ संक्रमित भेटिएका छन्। योसहित १२ जिल्लामा ४४ जना संक्रमित भएका छन्।
गण्डकी प्रदेशका चार जिल्लामा १७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेश सबैभन्दा कम प्रभावित हुने प्रदेश हो। त्यस्तै प्रदेश ५ का ९ जिल्लामा संक्रमितको संख्या ३६९ छ।
कर्णाली प्रदेशका तीन जिल्लामा ४७ जना संक्रमित छन् भने सुदूरपश्चिम प्रदेशको सात जिल्लामा २१ जना व्यक्ति संक्रमित भएका छन्।
आज सुदूरपश्चिमका बझाङ र दार्चुला जिल्लामा नयाँ संक्रमित भेटिएका छन्।
एक हजार ४२ जना कोरोना संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला छन्।
प्रतिक्रिया दिनुहोस्