सोलुखुम्बुमा भेटिए पहिलो संक्रमित, प्रदेश १ मा कूल १०५ जनामा कोरोना संक्रमण

काठमाडौं। प्रदेश १ को सोलुखुम्बु जिल्लामा पहिलो पटक एकजनामा कोरोना संक्रमण देखिएको छ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोलुखुम्बुका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्‍टि भएको प्रदेश १ कोभिड-१९ सचिवालयका संयोजक ज्ञानबहादुर बस्‍नेतले देखापढीलाई जानकारी दिए।

संक्रमित युवालाई विराटनगरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए।

आज सोलुखुम्बुमा संक्रमित फेला परेसँगै प्रदेश १ को आठ जिल्लामा कोभिड-१९ देखिएको छ।

जसमा सोलुखुम्बुसहित झापा, उदयपुर, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ जिल्ला छन्।

यो सँगै प्रदेश १ मा कूल संक्रमित १०५ जना पुगेका छन्। यस प्रदेशबाट अहिलेसम्म ३० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्