एक वर्षीय बालकसहित दैलेखका ८ जनामा कोरोना संक्रमण
काठमाडौं। कर्णाली प्रदेशको दैलेखमा एकवर्षीय बालकसहित आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा ८ जना संक्रमित पुष्टि भएका छन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले दैलखको नारायण नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३६ र ४० वर्षीय पुरुष, वडा नम्बर ४ का एकवर्षीय बालक र २० वर्षीया महिला, वडा नम्बर ५ का १७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

यो सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्