दार्चुलामा पनि भेटिए कोरोना संक्रमित, सुदूरपश्चिममा तीनजना थपिए <p>काठमाडौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पनि कोरोना संक्रमण भेटिएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>उनी केही दिनअघि भारतबाट आएर स्थानीय क्&zwj;वारेन्टाइनमा बसेका युवक हुन्। संक्रमित युवकलाई अस्पतालको आइसोलेसनमा राख्&zwj;ने&nbsp;तयारी भइरहेको छ।</p> <p>यसअघि आजै कैलालीका दुईजनामा पनि संक्रमण पुष्टि भएको थियो। जानकी गाउँपालिकाका २ जना युवकमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई टीकापुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्