काठमाडौं। सिन्धुपाल्चोककी एक सुत्केरी आमा नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन पुगिन्। २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनले त्यसको ९ दिनपछि कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा ज्यान गुमाइन्। नेपालमा कोरोना संक्रमण देखिएको ११४ दिनपछि पहिलो व्यक्तिको मृत्यु हुँदा त्यो पहिलो व्यक्ति सुत्केरी नै हुनु कुनै संयोग मात्र नभएर, नेपालमा सुत्केरी महिला कुन तहको जोखिममा छन् भनेर देखाउने एउटा उदाहरण हो।
त्यसपछि १० जेठमा काठमाडौंको अस्पतालमा अर्की महिलाले सुत्केरी हुँदाको जटिलताको कारण ज्यान गुमाउनुपर्यो। संखुवासभाबाट हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं ल्याइएकी ३२ वर्षीया गंगा कार्कीको थापाथलीस्थित प्रसुति गृहमै ज्यान गयो। प्रसुति गृहका निर्देशक डा. जागेश्वर गौतमले भेन्टिलेटरसहितको उपचार नपाएर ती महिलाको ज्यान गएको बताएका छन्। केही दिनअघि विराटनगरस्थित नोबेल अस्पतालमा मृत शिशुलाई जन्म दिएकी कार्कीले त्यसैबाट सिर्जित जटिलताका कारण ज्यान गुमाउनुपर्यो।
लकडाउन शुरु भएयता काठमाडौंमै चार जना सुत्केरीको मृत्यु भएको छ । थापाथलीस्थित परोपकार प्रसुति गृहमा दुई जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना र हेल्पिङ ह्याण्ड अस्पताल, चाबहिलमा एक जना सुत्केरीको मृत्यु भइसकेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लकडाउन शुरु भएयता अस्पताल पुगेकै ३० जना सुत्केरी महिलाको ज्यान गइसकेको छ।
परिवार कल्याण महाशाखाको मातृ तथा नवशिशु स्वास्थ्य शाखा प्रमुख डा. पुण्या पौडेलले लकडाउनका कारण समयमै अस्पताल पुग्न नसक्दा धेरै सुत्केरी महिलाले ज्यान गुमाउनु परेको बताइन्। “हेलिकप्टरमा उद्धार गरिए पनि ढिलो भएका कारण थापाथली अस्पतालमै संखुवासभाकी सुत्केरीको ज्यान बचाउन सकिएन,” डा. पौडेलले देखापढीसँग भनिन्, “त्यस्तै कोरोना संक्रमणले धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीलाई पनि समयमै ल्याएको भए बचाउन सकिने सम्भावना हुन्थ्यो, त्यहाँ पनि ढिलो भयो। अन्यत्र पनि यस्ता घटना भएका छन्।”
परिवार कल्याण महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरीले पनि लकडाउनले समयमै अस्पताल पुर्याउन बाधा भएका कारण धेरै सुत्केरीले ज्यान गुमाउनु परेको बताए। “अन्य कारण पनि केही छन् कि भनेर हामी अध्ययन गर्दैछौं,” उनले भने।
लकडाउनमा सवारी नचलेका कारण कति महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्नै सकेका छैनन्। परिवार कल्याण महाशाखाका निर्देशक तिंकरीका अनुसार गत फागुनमा करीब १५ हजार महिला स्वास्थ्य संस्थामा सुत्केरी भएकोमा लकडाउन शुरु भएपछि चैत र वैशाख महीनामा त्यो करीब १० गुणाले घटेको छ।
“लकडाउनयताका महीनामा करीब १५ सय जति मात्रै स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक छ। महिलालाई अस्पताल पुग्न नै समस्या छ। कोभिडको त्रास छ। सवारी साधन छैनन्। त्यसैले अन्तिम अवस्था भएपछि मात्रै अस्पताल पुग्ने गरेका छन्,” निर्देशक डा. तिकरीले भने, “घरमै सुत्केरी हुने क्रममा पनि महिलाको मृत्यु भएको हुनसक्छ, त्यसको त सबै तथ्यांक पनि आइसकेको छैन।”
यो अवधिमा घरमै सुत्केरी हुने क्रममा कति जना महिलाको ज्यान गएको छ भन्ने एकमुष्ट तथ्यांक अहिले कोहीसँग छैन। दुई साताअघि नयाँ पत्रिका दैनिकले चैत महीनामा मात्रै त्यसरी ५३ जना महिलाको मृत्यु भएको रिपोर्ट प्रकाशन गरेको थियो।
त्यस्तै पाँच दिन अघि नेपाली टाइम्स अंग्रेजी साप्ताहिकले पनि शिशु जन्माउने क्रममा दैनिक तीन जना नेपाली आमाले ज्यान गुमाइरहेको रिपोर्ट छापेको छ। देखापढीले यी तथ्यांकको स्वतन्त्र पुष्टि गराउन सकेन, यद्यपी सरकारी अधिकारीहरूले नै पुष्टि गरेका तथ्यांकले पनि देखाउँछन्- नेपालमा सुत्केरी महिलाको मृत्यु एक ठूलो समस्याको रूपमा रहेको छ।
परिवार कल्याण महाशाखाका अनुसार बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पाँच जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार जना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा तीन जना सुत्केरीको यही अवधिमा मृत्यु भएको छ। काठमाडौंका तीन वटा अस्पतालमा गरी चार जना, कपिलवस्तु अस्पतालमा दुई जना, बारामा दुई जना र अछाममा दुई जना सुत्केरीको ज्यान गएको छ।
सहस्राब्दी विकास लक्ष्य हासिल गर्न मातृमृत्यु अनुपातलाई सन् २०१५ सम्ममा १३४ मा झार्नुपर्ने थियो। तर, २५८ मा मात्र झर्याे, त्यसमा नेपाल असफल भयो। दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्ममा नेपालले मातृमृत्यु अनुपातलाई ७० मा झार्नुपर्छ। जुन साह्रै चुनौतिपूर्ण भएको सरकारी अधिकारीहरू नै बताउँछन्।
त्यसैगरी धुलिखेल अस्पताल र मेथिनकोट अस्पताल गरी काभ्रेमा दुई जना सुत्केरीको पनि लकडाउनकै अवधिमा मृत्यु भएको छ। पाँचथर, कालीकोट, सप्तरी, र रौतहटका जिल्ला अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पोखरा एकेडेमी अफ हेल्थ साइन्समा एक-एक जनाको मृत्यु भएको तथ्यांक आफूहरूकहाँ आइपुगेको परिवार कल्याण महाशाखाको मातृ तथा नवशिशु स्वास्थ्य शाखा प्रमुख डा. पुण्या पौडेलले जानकारी दिइन्।
मातृमृत्यु अनुपातः पूरा गर्न नसकिएको लक्ष्य
सन् १९९६ मा नेपालमा एक लाख जीवित शिशु जन्मँदा ५३९ जना सुत्केरीको मृत्यु हुन्थ्यो। सहस्राब्दी विकास लक्ष्य हासिल गर्न यसलाई सन् २०१५ सम्ममा १३४ मा झार्नुपर्ने थियो। तर, त्यसमा नेपाल असफल भयो। १९ वर्षमा मातृमुत्यु अनुपात ५३९ बाट २५८ मा मात्रै झारियो। करीब आधा कम गर्न सके पनि निर्धारण गरेको लक्ष्य भने भेट्याउन सकिएन।
सन् २००६ मा १८ प्रतिशतले मात्रै अस्पतालमा शिशुलाई जन्म दिन्थे। सन् २०१४ मा त्यसलाई बढाएर ५५ प्रतिशत पुर्याए पनि मातृमृत्यु अनुपात भने लक्ष्य बमोजिम घटेन। सन् २०१५ देखि लागू भएको पाँच वर्षे नेपाल स्वास्थ्य क्षेत्र रणनीतिले सन् २०२० सम्ममा मातृमृत्यु अनुपात प्रति लाख जीवित जन्ममा १२५ मा झार्ने लक्ष्य लिएको थियो। यो लक्ष्य पूरा भए नभएको अझै एकीन छैन। “यो वर्षको लक्ष्य पूरा भए नभएको अर्को वर्ष हुने नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेपछि थाहा हुन्छ,”, निर्देशक तिंकरीले भने।
दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्ममा नेपालले मातृमृत्यु अनुपातलाई ७० मा झार्नुपर्छ। जुन साह्रै चुनौतिपूर्ण भएको सरकारी अधिकारीहरू नै बताउँछन्।
महामारी विज्ञसमेत रहेकी जनस्वास्थ्य अभियन्ता डा. ल्यामु शेर्पा अहिले मृत्यु भएका सुत्केरीको तथ्यांक प्रमुख अस्पतालहरूबाट मात्र लिइएको र गाउँका स्वास्थ्य संस्था तथा घर-घरमा के भइरहेको छ भन्नेबारेमा सरकारी निकाय पारदर्शी नभएको बताउँछिन्। “यो ज्यादै ठूलो समस्या हो, कहाँ, के कारणले यस्तो भइरहेको छ भनेर सरकारी निकायले पारदर्शी रूपमा भन्नुपर्छ,” उनले भनिन्, “सरकारी निकाय पारदर्शी भए मात्र हामी नागरिकले केही गर्न सक्छौं।”
" /> काठमाडौं। सिन्धुपाल्चोककी एक सुत्केरी आमा नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन पुगिन्। २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनले त्यसको ९ दिनपछि कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा ज्यान गुमाइन्। नेपालमा कोरोना संक्रमण देखिएको ११४ दिनपछि पहिलो व्यक्तिको मृत्यु हुँदा त्यो पहिलो व्यक्ति सुत्केरी नै हुनु कुनै संयोग मात्र नभएर, नेपालमा सुत्केरी महिला कुन तहको जोखिममा छन् भनेर देखाउने एउटा उदाहरण हो।त्यसपछि १० जेठमा काठमाडौंको अस्पतालमा अर्की महिलाले सुत्केरी हुँदाको जटिलताको कारण ज्यान गुमाउनुपर्यो। संखुवासभाबाट हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं ल्याइएकी ३२ वर्षीया गंगा कार्कीको थापाथलीस्थित प्रसुति गृहमै ज्यान गयो। प्रसुति गृहका निर्देशक डा. जागेश्वर गौतमले भेन्टिलेटरसहितको उपचार नपाएर ती महिलाको ज्यान गएको बताएका छन्। केही दिनअघि विराटनगरस्थित नोबेल अस्पतालमा मृत शिशुलाई जन्म दिएकी कार्कीले त्यसैबाट सिर्जित जटिलताका कारण ज्यान गुमाउनुपर्यो।

">