यौन दुर्व्यवहार आरोपमा हाइटी फुटबल संघका अध्यक्ष निलम्बनमा <p>काठमाडौं। खेलाडीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा हाइटी फुटबल संघका अध्यक्ष यिभ जीन-बार्ट निलम्बनमा परेका छन्। त्यहाँको राष्&zwj;ट्रिय प्रशिक्षण केन्द्रमा महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि उनलाई निलम्बन गरिएको हो।&nbsp;</p> <p>विश्&zwj;व फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स कमिटीले उनलाई ९० दिनका लागि निलम्बन गरिएको जनाएको छ। फिफाले प्रारम्भिक चरणको निलम्बन लम्बिन पनि सक्ने बताएको छ।&nbsp;</p> <p>&lsquo;&lsquo;जीन-बार्टमाथि अनुसन्धान भइरहेका कारण उनलाई निलम्बन गरिएको छ,&rsquo;&rsquo; फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।&nbsp;</p> <p>बेलायती सञ्&zwj;चारमाध्यम द गार्जियनले गत महीना जीन-बार्टले यौन दुर्व्यवहार गरेको समाचार प्रकाशित गरेको थियो। जिन-बार्टले २० वर्षदेखि हाइटी फुटबल संघको नेतृत्व गरिरहेका छन्। उनले आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दै आएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्