कैलालीमा थपिए २ संक्रमित <p>कैलाली । कैलालीको जानकी गाउँपालिकामा कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् ।</p> <p>उक्त गाउँपालिका ४ का २५ र ३० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरू ३ वैशाखमा भारतबाट नेपाल प्रवेश गरेर जानकी गाउँपालिका १ स्थित सरस्वती माविको क्&zwj;वारेन्टाइनमा बसेका थिए ।</p> <p>धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको हो ।</p> <p>उनीहरूलाइ टीकापुर अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको छ । यसअघि टीकापुर अस्पतालमा ४ जना संक्रमितको उपचार भइरहेको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्