प्रदेश २ मा ७६ जना नयाँ संक्रमित थपिए, धनुषामा मात्र २९ जना <p>काठमाडौं। प्रदेश २ का ६ जिल्लामा ७६ जना नयाँ संक्रमित थपिएका छन्।</p> <p>राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं&nbsp;र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ नयाँ संक्रमित थपिएका हुन्।</p> <p>प्रदेश २ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय स्रोतका अनुसार टेकुमा गरिएको परीक्षणमा ७४ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।</p> <p>निर्देशनालयका अनुसारा धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्