स्याङ्जा र नवलपरासी पूर्वमा थपिए चार संक्रमित
<p>काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका घर भई क्‍वारेन्टाइनमा रहेका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p>गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय पोखराका अनुसार २६ र २२ वर्षका दुईजना पुरुष र ३९ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरूलाई सदरमुकामस्थित सरकारी अस्पतालमा लैजाने तयारी भइरहेको छ। </p>
<p>यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वस्थित देवचुली नगरपालिका घर भई पालिकाले बनाएको क्‍वारेन्टाइनमा बसिरहेका १९ वर्षीय एक युवकमा पनि संक्रमण पुष्टि भएको छ। उनलाई भरतपुरस्थित कोरोना अस्पतालमा लगिएको छ। </p>
<p>स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज संक्रमण पुष्टि भएका चार जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको जानकारी दिए। हिजो मात्रै बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
