काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाँकेले अर्को आदेश नभएसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।
आज राति १० बजेदेखि लागू हुने गरेर स्थानीय प्रशासनले अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा जारी गरेका हुन्।
आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। संक्रमणबाट जोगिने सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गोष्ठीलगायतका कार्यक्रम र भीडभाड नगर्न/नगराउन पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरूबाहेकका अन्य सबै सेवा र स्थलहरू सञ्चालनमा रोक लगाएको हो।
कोभिड-१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र संक्रमण फैलन नदिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी बाँके जिल्ला नै प्रभावित भएको छ।
त्यहाँ अहिलेसम्म १५४ जनामा संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्रमुख रहेका कुरुम्वाङलाई गृह मन्त्रालयले कामु प्रमुख जिल्ला अधिकारीका रूपमा बाँकेमा पठाएको थियो।
" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाँकेले अर्को आदेश नभएसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।आज राति १० बजेदेखि लागू हुने गरेर स्थानीय प्रशासनले अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको हो।

">