कैलाली। डडेल्धुराको अमरगढी नगरपालिका-८ स्थित रातो गुराँस रिसोर्टमा मृत फेला परेकी युवतीको हत्या आशंकामा डडेल्धुरा प्रहरीले एक प्रहरीलाई नियन्त्रणमा लिएको छ।
अमरगढी नगरपालिका-७ की अन्दाजी २१ वर्षीया निर्मला बोहोरा आज बिहान होटेलको कोठाको बाथरुममा आइरनको तारमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
हिजाे, १३ जेठमा अजयमेरु गाउँपालिका-२, चमडा चौकीमा कार्यरत प्रहरी जवानसँगै होटेलमा बास बसेकी युवती बिहान मृत फेला परेपछि ती प्रहरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। न्याैपानेका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
युवतीको शव डडेल्धुरा अस्पतालमा राखिएको उनकाे भनाइ छ।
" /> कैलाली। डडेल्धुराको अमरगढी नगरपालिका-८ स्थित रातो गुराँस रिसोर्टमा मृत फेला परेकी युवतीको हत्या आशंकामा डडेल्धुरा प्रहरीले एक प्रहरीलाई नियन्त्रणमा लिएको छ।अमरगढी नगरपालिका-७ की अन्दाजी २१ वर्षीया निर्मला बोहोरा आज बिहान होटेलको कोठाको बाथरुममा आइरनको तारमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

">