काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी उमाशंकर चतुर्वेदीका बडीगार्ड र सवारी चालकमा कोरोना भाइरस संक्रमण देखिएपछि उनी अहिले सेल्फक्वारेन्टाइनमा छन्।
उनका बडीगार्ड र सवारी चालकमा आजै कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको स्वाब संकलन गरेको आठ दिनपछि रिपोर्ट आएको हो।
संक्रमित बडीगार्ड र सवारी चालकमा कुनै किसिमको लक्षण नदेखिएको र उनीहरू छुट्टै बाहिर कतै नगएको एसपी चतुर्वेदीले बताए।
“पुलिसको जागिर हो सीडीओसँग बैठकमा जानैपर्छ, जिल्लाको सीसीएमसीको बैठकमा जानैपर्यो, क्वारेन्टाइन निरीक्षणमा निस्किनै पर्यो। निवास बाहिर जाँदा र आउँदा सँगै हुन्थ्यो, उनीहरू पनि बाहिर कतै गएका थिएनन्”, उनले देखापढीसँग भने।
उनले आफूले १३ जेठ साँझ स्वाबको नमूना दिएर सेल्फक्वारेन्टाइनमा बसेको पनि बताए।
“निवासमै बसेर काम गर्छु, फोन र विद्युतिय माध्यमबाट समन्वयको कामहरू हुन्छ” एसपी चतुर्वेदीले भने, “बाहिर जानपरे डीएसपीको नेतृत्वमा जाने गरि मिलाइनेछ।”
सुरक्षागार्ड र सवारी चालकलाई आइसोलेसनमा राखिएको र अति आवश्यक बाहेक जिल्लाका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखेको उनले बताए। उनका अनुसार पीसीआर मगाएर जिप्रकामा थप परीक्षण गराएपछि वास्तविक पत्ता लाग्नेछ।
“प्रहरीको जागिर, दौडधुप भइहाल्छ। भीड नियन्त्रण गर्न बजार जानैपर्यो, निरीक्षणमा हिँड्नै पर्यो। झै–झगडाका विवाद समाधान गर्न मान्छे भेट्नै पर्यो। दिनमा दुई/तीन पटक मिटिङ भइहाल्छ”, उनले भने, “खल्तिमा स्यानिटाइजर हुन्छ, मास्क लगाएकै हुन्छ। सामाजिक दूरी कायम गरेरै कुराकानी गरिन्थ्यो, उनीहरूमा कहाँबाट सर्यो मेसो पाइएन, अच्चमित छु।”
भारतबाट नेपालीहरू फर्किने क्रम शुरू भएकाले संक्रमण अझै फैलिनसक्ने उनले बताए । भारतबाट करीब १२ हजार नेपाली फर्किने अनुमान जिल्ला प्रहरी कार्यालय सिरहाको छ।
भारतबाट फर्केकाहरुको परीक्षण गराउनु पहिलो प्राथमिकतामा रहेको र त्यसपछि अरु कर्मचारीहरूलाई विस्तारै परीक्षण गराउँदै जाने उपरीक्षक चतुर्वेदीले बताए।
उनले भने, “प्रहरी नै संक्रमित देखिएपछि उसको सम्पर्कमा आउने अरु प्रहरीको पनि परीक्षण गराउनुपर्ने बाध्यता छ।”
उनका अनुसार तीन हजार नेपाली भारतबाट भित्रिइसकेका छन्। क्वारेन्टाइनमा बसेका करीब एक हजार जनाको स्वाब परीक्षण भएको छ। एक हजार ६० जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका छन्।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी उमाशंकर चतुर्वेदीका बडीगार्ड र सवारी चालकमा कोरोना भाइरस संक्रमण देखिएपछि उनी अहिले सेल्फक्वारेन्टाइनमा छन्।उनका बडीगार्ड र सवारी चालकमा आजै कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको स्वाब संकलन गरेको आठ दिनपछि रिपोर्ट आएको हो।

">