काठमाडौं। नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री ल्याउन नेपाल एअरलाइन्सको वाइडबडी विमान चीनको ग्वान्झाओतर्फ प्रस्थान गरेको छ।
स्वास्थ्य सामग्री लिन बेलुका ५ बजेर ३४ मिनेटमा वाइडबडी चीनको ग्वान्झाओ उडेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता, राजकुमार क्षेत्रीले बताए।
उनका अनुसार भोलि बिहान साढे ६ बजेको समयमा विमान स्वास्थ्य सामग्री बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले भोलि २८ टनको हाराहारीमा स्वास्थ्य सामग्री आउन लागेको जानकारी दिए।
ती सामग्रीमा पीपीई, पीसीआर किटलगायत रहेका छन्।
नेपाली सेनाले यसअघि ६ जेठमा १९ टन स्वास्थ्य सामग्री विमानमार्फत् ल्याएको थियो।
सरकारले ओम्नी ग्रुपसँगको खरिद सम्झौता रद्द गरेपछि १६ चैतमा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
सेनाले चीनबाट ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिद गरेको हो। कन्टेनरबाट पनि स्थलमार्ग भएर ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइसकिएको छ।
सेनाले दुई अर्ब २५ करोडमा ९ वैशाखमा स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको थियो।
" /> काठमाडौं। नेपाली सेनाले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री ल्याउन नेपाल एअरलाइन्सको वाइडबडी विमान चीनको ग्वान्झाओतर्फ प्रस्थान गरेको छ।स्वास्थ्य सामग्री लिन बेलुका ५ बजेर ३४ मिनेटमा वाइडबडी चीनको ग्वान्झाओ उडेको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता, राजकुमार क्षेत्रीले बताए।

">