मदनकृष्णको दराजभित्र थन्किएर बसेको गीत- ‘एक्लै-एक्लै बजारमा झर्नु भएन’

काठमाडौं। उत्तम सञ्जेलको शब्द र शम्भूजित बाँस्कोटाको संगीत रहेको गीत थियो, ‘एक्लै-एक्लै बजारमा झर्नु भएन’।

त्याे गीतमा मदनकृष्ण श्रेष्ठले स्वर दिएका थिए। तर, भिडिओ बन्न नपाएर त्यो गीत दराजमा थन्किएर बसेको थियो। त्यो गीत उनले बिर्सी पनि सकेका थिए।

लकडाउनका बेला त्यही गीत सार्वजनिक गरिएको छ। मदनकृष्णका छोरा यमनले साे गीत फेला पारेका थिए। एडिटिङको काम घरमै गरेर यमनले साे गीतकाे भिडिओ तयार पारे।

उक्त गीत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको छ।

लकडाउनको सदुपयोग गर्दै काठमाडौंकै सुनसान सडक, सुन्दर शान्त वातावरण, आफ्नै घरआँगनबाटै छायांकन गरेर भिडिओ तयार पारिएको हो।

यस्तो छ गीत

एक्लै एक्लै बजारमा झर्नुभएन

मलाई चोट पुग्ने काम गर्नुभएन

बाटो होस् या दोबाटो होस्

भेट हाम्रो पक्कै हुन्छ

कहिलेकाहीँ यो मन पनि

कहालिँदोरहेछ त्यसै-त्यसै

किन-किन पराई पनि

आफ्नो लाग्दो रहेछ

प्रतिक्रिया दिनुहोस्