काठमाडौं। भारतबाट नेपालीहरू आउने क्रम बढेसँगै क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या पनि बढेको छ। अहिले देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइन बेड भरिन थालेका छन्।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशैभर ७० हजार ३०५ जना क्वारेन्टाइनमा बसेका छन्। हिजो, १३ जेठमा देशैभर क्वारेन्टाइनमा ५५ हजार २८२ जना थिए।
आज २४ घण्टामा मात्रै क्वारेन्टाइनमा १५ हजार २३ जना थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार ८६८, प्रदेश २ मा १२ हजार १८३, बागमतीमा एक हजार ३९८, गण्डकीमा एक हजार ९३०, प्रदेश ५ मा २६ हजार ७२९, कर्णाली प्रदेशमा ९ हजार ६०९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ५८८ जना क्वारेन्टाइनमा छन्।
क्वारेन्टाइनमा रहेका जति सबै भारतबाट घर फर्किएकाहरू हुन्। मन्त्रालयका अनुसार हाल ६९९ जना आइसोलेसनमा उपचाररत छन्। आइसोलेसनमा संक्रमित व्यक्तिहरू प्रदेश १ मा ७३, प्रदेश २ मा २२६, बागमतीमा २७, गण्डकीमा ११, प्रदेश ५ मा ३२५, कर्णालीमा २५ र सुदूरपश्चिममा १२ जना छन्।
आज रौतहटमा ३६, सप्तरीमा ११, झापाका १७, मकवानपुरमा १, बाग्लुङमा ६, दाङमा १५, रुकुम पूर्वमा ३, बाँकेमा १६, सिराहामा २, बारामा ७ जनामा संक्रमण पुष्टि भएको हो।
रुकुम पूर्वमा संक्रमित भेटिएसँगै देशैभरका ४७ जिल्लामा संक्रमण पुगेको छ। नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ।
अहिलेसम्म नेपालमा चारजनाको मृत्यु भएको छ भने १८३ जना निको भएर घर फर्किएका छन्। प्रदेश १ बाट ३०, २ बाट ९७, बागमतीबाट ११, गण्डकीबाट २, प्रदेश ५ बाट ३८ र सुदूरपश्चिमबाट पाँचजना डिस्चार्ज भएका छन्।
प्रदेश १ का सात जिल्लामा १०३, प्रदेश २ का आठ जिल्लामा ३२४, बागमतीका ११ जिल्लामा ३९, गण्डकीका चार जिल्लामा १३, प्रदेश ५ का ९ जिल्लामा ३६५, कर्णालीका तीन जिल्लामा २५ र सुदूरपश्चिम पाँच जिल्लामा १७ जना कोरोना संक्रमित पुष्टि भइसकेका छन्।
आजसम्म पीसीआर विधिवाट आजसम्म ५८ हजार २७७ र आरडीटी किट विधिबाट एकलाख २८७ नमूना परीक्षण गरिएका छन्। पछिल्लो २४ घण्टामा तीन हजार ५८० पीसीआर, दुई हजार ३२० आरडीटीबाट नमूना परीक्षण भएका छन्।
" /> काठमाडौं। भारतबाट नेपालीहरू आउने क्रम बढेसँगै क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या पनि बढेको छ। अहिले देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइन बेड भरिन थालेका छन्।स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशैभर ७० हजार ३०५ जना क्वारेन्टाइनमा बसेका छन्। हिजो, १३ जेठमा देशैभर क्वारेन्टाइनमा ५५ हजार २८२ जना थिए।

">