संक्रमण रोक्न सेना परिचालन गर्ने कर्णाली प्रदेशको निर्णय, गर्‍यो संघीय सरकारलाई अनुरोध <p>काठमाडौं। कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सेना परिचालनका लागि संघीय सरकारसँग अनुराेध गरेकाे छ।</p> <p>नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षासम्बन्धी अन्य कार्यहरूमा समेत खटिनुपर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकाले सेना परिचालनका लागि अनुराेध गरेकाे हाे।</p> <p>१२ जेठमा बसेकाे कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सेना परिचालनका लागि संघीय सरकारसँग अनुराेध गरेकाे प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्