काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, प्रहरी उपरीक्षक उमाशंकर चर्तुवेदीका सुरक्षा गार्ड र सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।
एसपीका सुरक्षा गार्ड प्रहरी हवल्दार र उनका चालक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले देखापढीलाई बताए।
आफ्ना सुरक्षागार्ड र सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि प्रहरी प्रमुख एसपी होम क्वारेन्टाइनमा बसेको प्रजिअ गुरागाईंले बताए।
संक्रमित देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेका १६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।
“मेरो, सहायक सीडीओसा’बसहित एसपी सा’ब र अन्यको नमूना संकलन गरिसकिएको छ”,उनले भने, “परीक्षणको रिपोर्ट नआएसम्म सुरक्षित रूपले क्वारेन्टाइनमा नै बस्छौं।”
एसपीका सुरक्षागार्ड र सवारीचालकलाई कसरी संक्रमण भयो भन्ने केही खुलेको छैन।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, प्रहरी उपरीक्षक उमाशंकर चर्तुवेदीका सुरक्षा गार्ड र सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।एसपीका सुरक्षा गार्ड प्रहरी हवल्दार र उनका चालक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले देखापढीलाई बताए।

">