उदयपुरका चारजना कोरोनामुक्त, कोशी अस्पतालले गर्‍यो डिस्चार्ज <p>काठमाडौं।&nbsp;विराटनगरस्थित्&nbsp;काेशी अस्पतालबाट चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।&nbsp;</p> <p>पछिल्ला दुई रिपाेर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रदेश १ काेभिड-१९ प्रदेशस्तरीय अनुगमन तथा प्रतिवेदन सचिवालय संयाेजक ज्ञानबहादुर बस्नेतले बताए।&nbsp;</p> <p>कोरोनामुक्त हुनेमा&nbsp;उदयपुर भुल्केका तीन र गाईघाटका एकजना रहेका छन्। उनीहरूमध्ये तीन&nbsp;महिला र एक पुरूष छन्।&nbsp;</p> <p>याेसँगै १०३ संक्रमित पुगेको प्रदेश १ मा काेराेनामुक्त हुनेको संख्या ३० पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्