काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका-९ का १७ वर्षीय कमल उखेडा पढाइको सिलसिलामा बडिमालिका-९ मा डेरा गरी बस्थे। जिल्लामा एचआईभी संक्रमितको सञ्जाल ‘बाजुरा प्लस’मा कार्यालय सहयोगीको रूपमा समेत काम गर्ने उनी १६ वैशाखदेखि नै परिवारको सम्पर्कमा थिएनन्।
‘बाजुरा प्लस’कै जिल्ला अध्यक्ष मीना बिकका भाइ पर्ने कमल कुनै सूचनाबिना कार्यालयमा समेत अनुपस्थित भएपछि आफूहरूले खोजी शुरू गरेको मीनाले बताइन्।
“शुरूमा त लकडाउन कडा पारिएको थियो, त्यसैले कोठामा बसिरहेको होला भनेर गम्भीरतापूर्वक लिएका थिएनौं,” मीनाले देखापढीसँग टेलिफोनमा भनिन्, “तर, लामो समय सम्पर्क नभएपछि वैशाख २८ गते म नै उसको कोठामा गएँ। कोठा खुल्लै थियो। तर, मान्छे थिएन। मोबाइल पनि अफ थियो।”
त्यसपछि भाइका साथीहरू र अन्य आफन्तलाई समेत सम्पर्क गरेर खोजी तीव्र पारेको उनले सुनाइन्।
“जेठ १ मा फेरि कोठामा छ कि भनेर हेर्न छोरीलाई पठाएकी थिएँ, छोरीले के गन्हाएको छ भन्दै फर्किएर आई,” उनले भनिन्, “त्यसपछि प्रहरीलाई खबर गरेका थियौं। भित्र सडेको अवस्थामा उसको लास भेटियो।”
उसैदिन उसको अन्तिम संस्कार गरेको मीनाले सुनाइन्। त्यसपछि प्रहरीमा त्यही घरमा बस्ने एक युवतीविरुद्ध किटनी जाहेरी दिएको उनले बताइन्। तर, प्रहरीले आत्महत्या गरेको आशंकामा गम्भीरतापूर्वक अनुसन्धान नगरिदिएको उनको गुनासो छ।
“घरबेटीकै नातेदारी एक युवतीसँगको सम्बन्धलाई लिएर पहिले पनि झगडा परेको थियो, घटनामा उसैको हात हुनसक्छ भनेर हामीले अनुसन्धानका लागि अनुरोध गरेका छौं,” उनले भनिन्, “तर, प्रहरी र दलका नेताहरू मिलेका छन्। हामी बाहिरबाट आएर यहाँ डेरा गरी बस्ने भएकाले सबै हाम्रै विरुद्धमा छन्।”
मीनाकी छोरीले पहिलोपटक देखेपछि प्रहरीलाई खबर गरेर कमलको कोठामा हेर्दा उनी घाँटीमा डोरीले बाँधिएको र घुँडाले भुइँमा टेकेको अवस्थामा भेटिएका थिए। शव भने सडिसकेको थियो। त्यसैकारण प्रहरीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको हो । तर, मीना भने भाइले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको बताउँछिन्।
“२८ वैशाखको साँझ आफैं भाइको कोठामा पुगिहेर्दा नदेखिएको मान्छे त्यसपछि कहिले आएर आत्महत्या गर्यो ? र, त्यति छिटै लास कसरी पूरै सड्यो भन्नेमा हामीलाई शंका छ, पहिले नै बाहिर कतै हत्या गरी त्यसपछि कोठामा ल्याएर छाडिएको हो भन्ने हमीलाई लागेको छ,” उनले भनिन्।
मीनाले जे भएको भए पनि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिदिने हो भने सत्यतथ्य बाहिर आउँथ्यो भन्ने आफूहरूले चाहेको बताइन्।
उता प्रहरीले भने जाहेरी लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको बताउँदै बाजुरा जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टंक भट्टराईले अनुसन्धान जारी रहेको देखापढीलाई बताए।
" /> काठमाडौं। बाजुराको बुढीगंगा नगरपालिका-९ का १७ वर्षीय कमल उखेडा पढाइको सिलसिलामा बडिमालिका-९ मा डेरा गरी बस्थे। जिल्लामा एचआईभी संक्रमितको सञ्जाल ‘बाजुरा प्लस’मा कार्यालय सहयोगीको रूपमा समेत काम गर्ने उनी १६ वैशाखदेखि नै परिवारको सम्पर्कमा थिएनन्।‘बाजुरा प्लस’कै जिल्ला अध्यक्ष मीना बिकका भाइ पर्ने कमल कुनै सूचनाबिना कार्यालयमा समेत अनुपस्थित भएपछि आफूहरूले खोजी शुरू गरेको मीनाले बताइन्।

">