काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीमा आमाको जाहेरीपछि आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ।
मेलम्ची नगरपालिकाकी १८ वर्षीया बालिकालाई आफ्नै ४३ वर्षीय बाबुले बलात्कार गरेको भन्दै आमाले इलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दिएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी माधवप्रसाद काफ्लेले जाहेरीपछि ती पुरुषलाई पक्राउ गरिएको बताए।
“आमाले नै छोरीमाथी आफ्नो श्रीमानले बलात्कार गरेको भन्ने जाहेरी आएपछि हामीले तत्कालै टोली पठाएर पक्राउ गरेका हौं”, उनले भने, “हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।”
बालिकाकी आमाले दिएको जाहेरीमा विगत विगत ३/४ वर्ष अगाडिदेखि नै जबर्जस्ती करणी गर्दै आइरहेको उल्लेख छ।
२ जेठ बिहान साढे ११ बजे घरभित्रै जबर्जस्ती करणी गरेको आफूले देखेपछि घटना बाहिर आएको उनले बताएकी छिन्।
प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गराउने तयारी भइरहेको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीमा आमाको जाहेरीपछि आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ।मेलम्ची नगरपालिकाकी १८ वर्षीया बालिकालाई आफ्नै ४३ वर्षीय बाबुले बलात्कार गरेको भन्दै आमाले इलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दिएकी थिइन्।

">