विराटनगर। प्रदेश १ मा अब कोरोना संक्रमितहरूलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ।
अधिकांस संक्रमितहरूमा कोभिड-१९ को लक्षण नदेखिएको र थपिनसक्ने सम्भावित संक्रमितको संख्यालाई ध्यान दिएर प्रदेश १ सरकारले यस्तो निर्णय गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन्।
अब कोरोनाको लक्षण देखिएकालाई कोभिड-१९ अस्पताल र नतिजा पोजिटिभ आएका तर स्वास्थ्य सामान्य भएकाहरूलाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी प्रदेश सरकारको छ।
प्रदेश १ सरकारले विराटनगरको कोशी अस्पताल र धरानस्थित बिपी स्वास्थ्य केन्द्र प्रतिष्ठानमा कोभिड-१९ विशेष उपचार केन्द्र निर्माण गरेको छ।
त्यस्तै झापाको मेची अस्पताललाई पनि कोरोना अस्पताल बनाउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ।
मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ९ जेठमा बसेको प्रदेशस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले १४ जिल्लालाई वर्गीकरण गरेर ४० हजारभन्दा बढीको कोरोना परीक्षणको कार्ययोजना स्वीकृत गरिसकेको छ।
भारतबाट फर्किएका र आउँदा दिनमा फर्किनेहरूको पहिचान गर्दै परीक्षणको दायरा बढाउने बैठकले निर्णय गरेको हो।
भारतमा रेल सेवा नियमित गरेसँगै यस प्रदेशमा १० हजार फर्कनसक्ने अनुमान गरेर कार्ययोजना बनाइएको छ।
स्वाब परीक्षणका लागि उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा जिल्लाहरूको वर्गिकरण समेत गरेको छ।
उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कूल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोभिड-१९ परीक्षण गर्न लागिएको छ।
त्यस्तै कोभिड-१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरूको वृद्धि गर्ने पनि प्रदेश सरकारको कार्ययोजना छ।
यसका लागि कोशी कोभिड अस्पतालमा १००, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २००, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३००, कृष्णदास आश्रम बराहश्रेत्रमा २०० र सैनिक अस्पताल इटहरीमा ५० गरी थप ८५० बेड थपिने भएको छ।
प्रदेशमा भारतबाट स्वदेश फर्कनेहरूको व्यवस्थापन गर्न ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा 'होल्डिङ्ग एरिया' पहिचान गरी निर्माण बेडको निर्माण थालिएको छ।
होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ। ईलाममा दुई हजार, झापामा चार हजार, मोरङ्गमा पाँच हजार र सुनसरी जिल्लामा चार हजार बेड तयारको योजना रहेको मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए।
अहिले यी जिल्लाका १० ठाउँमा एक हजार १०३ वटा बेड बनिसकेका छन्।
" /> विराटनगर। प्रदेश १ मा अब कोरोना संक्रमितहरूलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ।अधिकांस संक्रमितहरूमा कोभिड-१९ को लक्षण नदेखिएको र थपिनसक्ने सम्भावित संक्रमितको संख्यालाई ध्यान दिएर प्रदेश १ सरकारले यस्तो निर्णय गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन्।

">