बर्दियामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
धम्बोझी। बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरूषको मृत्यु भएको छ।

गुलरिया- ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुरका  ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

ज्याला मजदुरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर हिजो, १३ जेठमा घर फर्कने क्रममा क्वारेन्टाइनमा राखिएको थियो।

उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

उनको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्