आन्तरिक उडान खोल्ने तयारीमा साउदी अरेबिया
<p>रियाद । साउदी अरेबियाले लकडाउनका कारण बन्द रहेका आन्तरिक उडानहरू आगामी आइतबारदेखि सञ्‍चालनमा ल्याउने तयारी गरेको छ ।</p>
<p>कोभिड-१९ को महामारीका कारण गत २१ मार्चदेखि साउदी अरेबियाले आन्तरिक र अन्तर्राष्‍ट्रिय सबै उडान रद्द गरेको थियो । ३१ मेदेखि आन्तरिकतर्फको उडान शुरु गर्ने तयारी भइरहेको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।</p>
<p>बीबीसीका अनुसार साउदी अरेबियाले यसै सातादेखि लकडाउन खुकुलो बनाउन थालेको छ । कोभिड-१९ फैलिन नदिन लगाइएको कर्फ्यु पनि गत २१ जुनदेखि सरकारले पूर्ण रूपमा हटाएको छ ।</p>
<p>मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मक्का शहरमा भने कर्फ्यु कायम रहने सरकारले बताएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
