प्रजातन्त्र सेनानी शिव कंगाललाई मानवअधिकार तथा लोकतन्त्र पुरस्कार
<p>काठमाडौं। तेज तीर्थ ट्रष्‍टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार प्रजातन्त्र सेनानी शिव कंगाललाई प्रदान गर्ने भएको छ।</p>
<p>पञ्‍चायती व्यवस्थाविरुद्धको आन्दोलनका योद्धा उनलाई विगत पाँच दशकयता मूल्य र मान्यताको राजनीतिमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको ट्रष्‍टले जनाएको छ। पुरस्कारको राशि रु. एक लाख र प्रमाणपत्र छ।</p>
<p>यस्तै, नेपाल भाषा, साहित्य र कलातर्फ जुजुभाइ नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्‍ठ र कवयत्री नारायणदेवी श्रेष्‍ठलाई प्रदान गर्ने निर्णय भएको छ। यो पुरस्कारको राशि जनही रु. ५० हजार र प्रमाणपत्र छ। <strong>रासस</strong></p>
प्रतिक्रिया दिनुहोस्
