लकडाउनमा ‘ड्राइभ-इन्स’ कन्सर्ट <p>कोपनहेगन। लकडाउनले सबै क्षेत्रका गतिविधि ठप्प छन्। मानिस घर-घरमै छन्। गायक-गायिकाको दैनिकी पनि घरभित्रै सीमित छ। डेनमार्कका कलाकारहरूले भने नयाँ उपाय निकालेका छन्, ड्राइभ-इन्स कन्सर्टको।</p> <p>ड्राइभ-इन्स अर्थात् पार्किङ एरियामा गरिने कन्सर्ट। पार्किङको एक कुनामा गायक-गायिकाले आफ्नो प्रस्तुति दिन्छन्। आ-आफ्ना गाडीभित्रै बसेर यात्रीले संगीतको मजा लिन्छन्। गाडीका सिसा खोल्न भने छुट दिइएको छ।</p> <p>डेनमार्कले लकडाउन त खुकुलो बनाउँदै लगेको छ। तर, कोरोना भाइरस फैलिन नदिन भौतिक दूरी भने पालना गर्न सरकारले आग्रह गरेको छ।&nbsp;</p> <p>बीबीसीका अनुसार आफ्ना फ्यानहरूसम्म पुग्&zwj;ने नयाँ तरिका निकालेका हुन्, गायक-गायिकाले। डेनमार्कमा यस्ता ७० भन्दा बढी सोको योजना तयार भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्