सेती अस्पतालको आइसोलेसनमा एकको मृत्यु, कोभिड-१९ परीक्षण गरिँदै <p>कैलाली। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एकजनाको मृत्यु भएको छ।</p> <p>गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजे आईसोलेसनमै मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले देखापढीलाई बताए।</p> <p>उनी केही दिनअघि भारतबाट फर्किएका थिए।</p> <p>मृत्यु भएका ती पुरुषको कोभिड-१९ परीक्षणको लागि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला पठाइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्