बुन्डेसलिगा: बायर्नको कीर्तिमानी आठौं उपाधिको सम्भावना बलियो
काठमाडौं। जोशुआ किमिचको उत्कृष्ट गोलमा बायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १-० ले पराजित गर्दै उपाधि सम्भावना बलियो बनाएको छ।
बुन्डेसलिगामा अब ६ खेल मात्र बाँकी रहँदा बायर्न ६४ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको डर्टमण्डसँग ५७ अंक छ। एक कम खेलेको आरबी लाइपलिगसँग ५४ अंक छ।
पहिलो सकिन दुई मिनट बाँकी रहँदा किमिचले पेनाल्टी क्षेत्रबाहिर पाएको बललाई चिप गरेका थिए। किमिचले चिप गरेको बलले डर्टमण्डका गोलकिपर रोमन बुर्कीलाई पार गर्दै जाली चुमेको थियो। त्यही बायर्नको जितमा निर्णायक बन्यो।
यससँगै बायर्नको अपराजित यात्रा १४ खेलसम्म आइपुगेको छ। बायर्नले यसबीचमा एक खेलमा मात्र बराबरी खेलेको छ।
‘‘यो निकै कठिन खेल थियो,’’ डर्टमण्डका प्रशिक्षक लुसियन फाभ्रेले भने। डर्टमण्डले घरेलु मैदानमा खेले पनि त्यसको फाइदा लिन सकेन। ८० हजार दर्शक क्षमताको रंगशाला खाली थियो। कोभिड-१९ महामारीका कारण बुन्डेसलिगा दुई महिना स्थगित भएर १६ मेबाट पुनः शुरू भएको थियो। कोभिड-१९ कै कारण रंगशालामा समर्थकलाई प्रवेश निषेध छ भने क्लबहरूले भौतिक दूरी र स्वास्थ्य निर्देशिका पालना गर्नुपर्नेछ।
डर्टमण्डका नियमित कप्तान मार्को रेउस चोटका कारण टीममा थिएनन् भने जडोन सान्चो पूर्ण फिट नभएका कारण वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए। घरेलु टोलीका १९ वर्षे फरवार्ड इर्लिङ हालान्डले शुरूमै हानेको प्रहारले बायर्नका गोलकिपर म्यानुयल न्युयरलाई पार गरे पनि जेरोमी बोटाङले गोललाइनबाट क्लियर गरिदिएका थिए। न्युयरको यो ४०० औं बुन्डेसलिगा खेल थियो।
भ्रमणकारी बायर्नका विंगर सेर्गी गनाब्रीले हानेको प्रहारले पनि डर्टमण्डका गोलकिपर बुर्कीलाई पार गरे पनि रक्षक लुकास पिसचेकले क्लियर गरिदिएका थिए। डर्टमण्डले दोस्रो हाफमा सान्चो र इमरे क्यानलाई मैदान छिराए पनि टीमको प्रदर्शनमा प्रभाव पार्न सकेनन्।
मंगलबार राति नै भएका अन्य खेलमा बायर लेभरकुसेनले भ्रमणकारी उल्फ्सबर्गलाई ४-१ को नतिजा सुम्पियो। लेभरकुसेन ५३ अंकका साथ पाँचौं स्थानमा छ भने उल्फ्सबर्ग ४२ अंकका साथ छैटौं स्थानमा छ। त्यस्टे इन्ट्राचट फ्रायङफर्टले फ्रेइबर्गसँग ३-३ को बराबरी खेल्दा वेर्डर ब्रेमनले बोरुसिया मोन्चेनग्लाडबचसँग गोलरहित बराबरी खेल्यो।
प्रतिक्रिया दिनुहोस्