भारतसँगको सीमा जोगवनी नाकाबाट २५० नेपाली प्रवेश
विराटनगर। विराटनगरसँग जोडिएको भारतसँगको जोगवनी नाकाबाट २५० नेपालीलाई भित्र्याइएको छ।
जोगवनी नाकामा नेपालतर्फको बन्द गरिएको ढाट खोलेर उनीहरूलाई प्रवेश गराइएको मोरङका सीडीओ मदन भुजेलले बताए।
भारतको महाराष्ट्रसहित विभिन्न राज्य र जोगवनीका क्वारेन्टाइनमा बसेकाहरूलाई नेपाल भित्र्याइएको छ।
हिजो, १३ जेठमा भित्र्याइएकाहरूमध्ये नजिकै घर भएकाहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिनेछ। टाढा घर भएकालाई प्रदेश सरकारले स्थापना गरेका  'होल्डिङ सेन्टर' मा राखिएको छ।
भारतमा रेल सेवा सञ्चालनमा आएसँगै प्रदेश १ मा १० हजार नेपाली घर फर्कने प्रदेश सरकारको अनुमान छ।
प्रदेशस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले त्यही अनुसार स्वास्थ्य परीक्षणा, क्वारेन्टाइन निर्माणको तयारीको योजना स्वीकृत गरिसकेको छ।
नेपाल प्रवेश गर्नेहरुमा झापा, मोरङ, सुनसरी, रुकुम, गोरखा, स्याङ्जासम्ममा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्