काठमाडौं। नेपालमा आज एकैदिन १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो एकैदिन यतिधेरै संख्यामा संक्रमित भेटिएको पहिलोपटक हो।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतमा १२ र बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सप्तरीमा ११ संक्रमित थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले पुष्टि गरेका छन्। तर, स्वास्थ्य मन्त्रालयले यो विवरण अद्यावधिक गरिसकेको छैन।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा बोदेबर्साइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको यादवले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार आज सिरहामा ५, बारामा ३, महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, अर्घाखाँचीका २, गुल्मीका २, स्याङ्जाका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र धनुषाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज संक्रमित हुनेमा गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल पनि छन्। राजनीतिक जिम्मेवारीमा समेत रहेकाले मतदाताले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउने अधिकार भएको भन्दै नाम र तस्वीर प्रकाशन गर्न उनले अनुमतिसमेत दिएका छन्।
यस्तै, बाराको पचरौत नगरपालिकामा रहेको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई सैनिकसहित पाँचजनामा पनि आजै संक्रमण पुष्टि भएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिले क्वारेन्टाइन सुरक्षा गर्ने दुईजना र क्वारेन्टाइनमा रहेका अन्य तीनजनामा संक्रमण देखिएको बताए।
आज पहिलोपटक अर्घाखाँची र स्याङ्जामा पनि नयाँ संक्रमित थपिएका छन्। र, अब संक्रमित भेटिएका जिल्ला ४६ पुगेका छन्।
मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाहरूमा अहिलेसम्मकै धेरै संख्यामा मानिस क्वारेन्टाइनमा राखिएका छन्।
पछिल्ला केहीदिन यता सीमानाकासम्म आएका नेपालीहरूलाई सुरक्षित रूपले घर पठाउन थालिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज देशैभरका क्वारेन्टाइनमा ५५ हजार २८२ जना मानिस रहेको बताए।
हिजो ४६ हजार २९ जना रहेकोमा २४ घण्टामा ९ हजार भन्दा बढी मानिस क्वारेन्टाइनमा थपिएका हुन्।
नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ। ती मध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। नेपालमा आज एकैदिन १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो एकैदिन यतिधेरै संख्यामा संक्रमित भेटिएको पहिलोपटक हो।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतमा १२ र बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

">