स्वास्थ्यमन्त्रीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ <p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोभिड-१९ परीक्षणका लागि जाँच गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।</p> <p>कोरोना संक्रमणको महामारीमा सबभन्दा धेरै सक्रिय रहनुपर्ने मन्त्रालयको नेतृत्व गरेका ढकाल धेरै बैठकमा सहभागी हुने र सबभन्दा धेरै भेटघाट गरिरहने मन्त्रीमा पर्छन्। त्यही क्रममा सम्भावित संक्रमितसँग सम्पर्कमा पुगेको हुन सक्ने आशंका गरेर उनको स्वाब परीक्षण गरिएको थियो।</p> <p>&quot;मन्त्रालयमा मन्त्रीज्यूलगायत धेरै जनाको परीक्षण गरिएको थियो, मन्त्रीज्यूलगायत सबैको रिपोर्ट नेगेटिभ आएको छ&quot;, स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले भने।</p>
प्रतिक्रिया दिनुहोस्