काठमाडौं। भारतीय समानान्तर धारको सिनेमा हेर्नुहुन्छ भने पक्कै पनि नन्दिता दासलाई चिन्नुभएको छ। ‘हजार चौरासी की माँ’, ‘फायर’, ‘फिराक’, ‘अर्थ’ जस्ता फिल्ममा खेलेकी नन्दिता फिल्म निर्देशक पनि हुन् । सन् २०१८ मा रिलिज भएको उनको निर्देशनमा रहेको फिल्म ‘मन्टो’ एक स्मरणीय फिल्म हो ।
फिल्म खेल्दा होस् वा निर्देशन गर्दा, समाजको आवरणभित्र ढाकिएको भित्री कथा भन्ने नन्दिताले लकडाउनको समयमा पनि आफ्नो खुबीलाई निरन्तरता दिएकी छन्।
लकडाउनको समयमा महिलामाथि हुने घरेलु हिंसालाई लिएर उनले सर्ट फिल्म बनाएकी छन्। आफू र आफ्नो छोरा मिलेर खेलेको उनको फिल्म युट्युबमा रिलिज भएको छ।
युनेस्को, युएनएफपीए, युनिसेफ, युएन वुमन र साउथ एशिया फाउन्डेसनको सहयोगमा नन्दिताले बनाएको फिल्म ‘लिसन टु हर’ (उनलाई सुन) ले विश्वव्यापी महामारी कोभिड-१९ ले कसरी महिलाहरूको जीवन झनै कष्टकर बनाएको छ भन्ने उजागर गरेको छ।
सात मिनेटको यो फिल्ममा नन्दिता घरबाट काम गरिरहेकी महिलाको भूमिकामा देखिएकी छन्। बच्चाको स्याहार, अल्छी र माग गरिरहने पति, अन्य सारा घरेलु कामबीच अफिसको काम गरिरहेकी महिलाको रूपमा देखिएकी छन् उनी ।
नन्दिताका अनुसार यो फिल्मले लकडाउनले महिलालाई थपेको काम र हिंसाको कथा भन्छ ।
“यो समयमा धेरै महिलाले आफूलाई पीडकसँगै थुनिएको महसुस गरेका छन् र अर्कोतर्फ उनीहरूको कामको बोझ बढिरहेको छ। यो अतिरिक्त बोझलाई यति सामान्यीकरण गरिएको छ हामीले यसलाई दुर्व्यवहार पनि ठान्दैनौं । शिक्षित मानिसहरूले समेत यसलाई दुर्व्यवहार ठान्दैनन्। यो फिल्मले यी दुर्व्यवहार असहनीय छन् भन्ने देखाउँछ भन्ने मेरो विश्वास छ”, नन्दिताले भारतीय सञ्चारमाध्यम ‘द वायर’सँग भनेकी छन्।
उनले फिल्मको नाम कसरी रहन गयो भन्ने पनि रोचक वर्णन गरेकी छन् ।
“शुरूमा म यो फिल्मको नाम ‘बोल’ राख्न चाहन्थेँ, किनभने यो आवाजको कथा हो। तर मैले के बोध गरेँ, महिलाहरू यत्तिकै नबोलेका होइनन्। आफूलाई नसुन्ने भएकाले उनीहरू नबोलेका हुन्। त्यसैले यो फिल्मको नाम ‘उनलाई सुन’ रहन गयो। बोल्नु र सुन्नु एकआपससँग जोडिएका शब्द हुन्”, नन्दिता भन्छिन्।
" /> काठमाडौं। भारतीय समानान्तर धारको सिनेमा हेर्नुहुन्छ भने पक्कै पनि नन्दिता दासलाई चिन्नुभएको छ। ‘हजार चौरासी की माँ’, ‘फायर’, ‘फिराक’, ‘अर्थ’ जस्ता फिल्ममा खेलेकी नन्दिता फिल्म निर्देशक पनि हुन् । सन् २०१८ मा रिलिज भएको उनको निर्देशनमा रहेको फिल्म ‘मन्टो’ एक स्मरणीय फिल्म हो ।फिल्म खेल्दा होस् वा निर्देशन गर्दा, समाजको आवरणभित्र ढाकिएको भित्री कथा भन्ने नन्दिताले लकडाउनको समयमा पनि आफ्नो खुबीलाई निरन्तरता दिएकी छन्।

">