काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको भन्दै अख्तियारले ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।
प्रवक्ता प्रदीपकुमार कोइरालाले आज एक प्रेस विज्ञप्ति जारी गरी खोटाङको दिक्तेल गाउँपालिका वडा नम्बर ६ का कित्ता नम्बर १३७ र ८१५ को सरकारी/सार्वजनिक जग्गा बदनियतपूर्वक व्यक्तिविशेषको नाममा पुर्याएको भन्दै नापी प्रमुख सियाकान्त चौधरी, तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहाल, मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत अधिकृत कटकबहादुर खत्री, मालपोत कार्यालय खोटाङका तत्कालीन नासु भीमबहादुर खत्री र मालपोत कार्यालय खोटाङका तत्कालीन खरिदार टेकबहादुर खड्काविरुद्ध मुद्दा दायर गरेको जनाएका छन्।
त्यस्तै खोटाङ जिल्ला साविक दिक्तेल गाविसका गजेन्द्रकुमार थापा, रामबहादुर थापा, तत्कालीन नापी कार्यालयका अमिन गणेशकुमार खिडहरी र मालपोत कार्यालय खोटाङका तत्कालीन नासु चन्द्रबहादुर कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरूको कसूरअनुसार भन्दै ६३ हजारदेखि करीब पाँच लाख रूपैयाँसम्म बिगो कायम गरी व्यक्तिपिच्छे फरक-फरक दाबी लिएर मुद्दा दायर गरेको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको भन्दै अख्तियारले ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।प्रवक्ता प्रदीपकुमार कोइरालाले आज एक प्रेस विज्ञप्ति जारी गरी खोटाङको दिक्तेल गाउँपालिका वडा नम्बर ६ का कित्ता नम्बर १३७ र ८१५ को सरकारी/सार्वजनिक जग्गा बदनियतपूर्वक व्यक्तिविशेषको नाममा पुर्याएको भन्दै नापी प्रमुख सियाकान्त चौधरी, तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहाल, मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत अधिकृत कटकबहादुर खत्री, मालपोत कार्यालय खोटाङका तत्कालीन नासु भीमबहादुर खत्री र मालपोत कार्यालय खोटाङका तत्कालीन खरिदार टेकबहादुर खड्काविरुद्ध मुद्दा दायर गरेको जनाएका छन्।

">