काठमाडाैं। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुईजना प्रहरीमा कोरोना संक्रमण भएको आज अपराह्न पुष्टि भएको छ। योसँगै बाराको जिल्ला प्रहरी कार्यालयमा संक्रमित हुने प्रहरीको संख्या ७ पुगेको छ।

संक्रमित प्रहरीलाई आइसोलेसनमा राखिएको छ भने उनीहरूको सम्पर्कमा रहेका बाराका अरू प्रहरीलाई क्वारेन्टाइनमा राखेर त्यहाँ प्रहरीको अर्को टोली खटाइएको छ।

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र एक प्रहरी जवानमा पनि कोरोना संक्रमण पुष्टि भएपछि केही दिनअघि वृत्त नै सिल गरियो। त्यसपछि त्यहाँ कार्यरत सबै प्रहरीलाई क्वारेन्टाइनमा राखियो। कालीमाटीका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएपछि त्यहाँ महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्रहरीको अर्को टोली खटाइएको छ। संक्रमित दुवै प्रहरीको बलम्बुस्थित सशस्त्र प्रहरी कोरोना अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी कपिलवस्तुमा पनि जिल्ला प्रहरीमा कार्यालयमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमा संक्रमण देखिएसँगै उनीहरूको सम्पर्कमा रहेका सबै प्रहरीलाई क्वारेन्टाइमा राखिएको छ।

धनकुटा अस्पतालमा ड्युटी रहेका जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत दुईजना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको नियमित सम्पर्कमा आउने सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।

पहिलो खतरा

कोरोना संक्रमणको महामारीविरूद्ध फ्रन्टलाइनमा खटिरहेको संगठन हो, नेपाल प्रहरी। लकडाउन पालना गराउन होस् या कोरोना संक्रमितलाई निगरानीमा राखेर अस्पतालको आइसोलेसेन वार्डसम्म पुर्‍याउन, सीमानाकाबाट भित्रिइरहेका नेपालीको सुरक्षा जाँच गर्न होस् या नेपालमा रहेका विदेशी नागरिकलाई व्यवस्थित गर्न; प्रहरी नै खटिएको छ। यहीबेला बढ्ने कालोबजारी नियन्त्रणदेखि अपराध अनुसन्धान र शान्तिसुरक्षा बहाल लाख्ने जिम्मेवारी वहन गर्न पनि सधैँ फिल्डमै हुन्छ, प्रहरी।

त्यही प्रहरी संगठनका सदस्यहरू धमाधम कोरोना संक्रमित हुन थाल्दा सबभन्दा ठूलो जोखिम प्रहरीलाई हुन्छ। किनभने प्रहरी स्वयम् समूह अर्थात् ब्यारेकमा बस्छ। एकजनामा संक्रमण भेटियो भने एकैचोटि प्रहरीको ठूलो समूहमा संक्रमण विस्तार हुन सक्छ।

यसै पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक उपकरण र सामग्रीको अभाव छ। सामान्य खालको मास्कको भरमा उनीहरू फिल्डमा ड्युटी गरिरहेका छन्। लगातार प्रहरीमै संक्रमण देखिन थाल्दा प्रहरीको ठूलो पंक्तिमा असुरक्षाको भावना पैदा हुन र मनोबल कमजोर बन्न सक्छ। प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृत भन्छन्, “धेरैलाई यो सामान्य लाग्ला, तर प्रहरीका महत्त्वपूर्ण र सक्रिय युनिटमा यसरी संक्रमण देखिन थाल्यो भने ती युनिट त खतरामा पर्छन् नै, त्योभन्दा बढी त्यहाँभन्दा बाहिरका प्रहरीको मनोबलमा असर पर्छ।”

बिना सुरक्षा सामग्री यस्तो बेला फिल्डमा खटिएका प्रहरीमा काम गर्ने क्रममा आफू र आफ्नो परिवार जोखिममा पर्ने तनाव बढ्दा उनीहरूको कार्यसम्पादनमा असर पर्छ नै। पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी फिल्डमा खटिने प्रहरीको मनोबल कमजोर हुन नदिनेतर्फ ध्यान दिन नसके त्यसले ठूलो समस्या निम्त्याउने बताउँछन्।

प्रहरी स्वयंमाथि आइलाग्ने जोखिम र त्यसबाट निम्तिने मनोवैज्ञानिक समस्या त छँदैछ। योभन्दा अर्को खतरा अझ डरलाग्दो छ।

दोस्रो खतरा

लकडाउन पालना गराउनेदेखि कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्‍याउने, संक्रमित क्षेत्र सिल गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङमा खटिनेमा अग्रपंक्तिमा प्रहरी नै छन्। तिनै प्रहरी संक्रमित हुने र प्रहरीका महत्त्वपूर्ण युनिटहरू नै सिल गरेर त्यहाँका प्रहरीलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था बढ्दै गए के होला?

पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी त्यसले प्रहरीको अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीको काममै गम्भीर धक्का पुग्न सक्ने बताउँछन्।

जिम्मेवारी र कार्यक्षेत्र अनुसार प्रहरी अहिले नै पनि न्यून जनशक्तिमा काम गरिरहेको छ। त्यसमाथि महामारीविरूद्ध फ्रन्टलाइनमा खटिनुपर्दा प्रहरीले सबै ठाउँमा एकदमै सीमित जनशक्तिमा काम गरिरहेको छ।

“प्रहरीलाई नै संक्रमण देखिएर वा हिरासतमा रहेका बन्दी संक्रमित भेटिएर प्रहरी कार्यालय सिल गर्ने र त्यहाँका प्रहरीलाई क्वारेन्टाइनमा राख्ने परिस्थिति देखा परिसकेको छ”, पूर्वडीआईजी मल्लले भने, “यो खतराको घण्टी हो। यसलाई छिटै नै गम्भीरतापूर्वक लिइएन भने कहीँ न कहीँ सुरक्षा ग्याप देखिन थाल्छ, त्यसले अपराध नियन्त्रणदेखि शान्ति सुरक्षा बहालीमा समेत असर पार्छ।”

दुई महीनाभन्दा लामो समयदेखि जारी लकडाउनले धेरैको जीविका संकटमा धकेलिएको छ। दैनिक ज्यालामजदुरी गरेर खाने समूहको त बिचल्ली नै भएको छ। सबैखाले आर्थिक गतिविधि ठप्प छन्। छाक टार्नै समस्या भएपछि धेरैलाई रोगसँगै भोकसँग पनि लड्नुपर्ने चुनौती उत्पन्न भएको छ। यस्तो अवस्थामा प्रहरीका कार्यालय नै सिल हुने, ठूलो संख्यामा प्रहरीलाई क्वारेन्टाइनमा राख्ने र प्रहरीको सार्वजनिक उपस्थिति खुम्चिने अवस्था आयो भने चोरी, डकैती, लुटपाटजस्ता अपराधका घटना पनि बढ्न सक्ने सुरक्षा अधिकारीहरू बताउँछन्।

कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडीभित्रका सबै युनिट सिल गरिएको र सम्पर्कमा रहेका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको धेरै दिन भएको छैन। यसले कुनै पनि गम्भीर अपराध हुँदा तिनका अभियुक्त पक्राउ गर्न जाने प्रहरीलाई पनि हतोत्साहित पार्न सक्ने खतरा देखाउँछ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी नीरजबहादुर शाही भने यसमा कार्ययोजना बनाएर काम भइरहेको दाबी गर्छन्। “पहिले नै कार्ययोजना बनाएका छौं। सुरक्षित कसरी हुने, कोरोनाको संक्रमण देखिइहालेमा कसरी काम गर्ने भन्ने सबै तयारी छ”, उनी भन्छन्, “संक्रमित देखिएका प्रहरीको ठाउँमा कसरी अर्को टोली व्यवस्थापन गर्ने भन्ने पूर्वतयारी पनि भइरहेको छ।”

संक्रमित भएपछि अपनाउनुपर्ने आवश्यक प्रोटोकल सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै उनले कुनै पनि प्रहरीमा संक्रमण देखिए त्यहाँ तत्काल अर्को टीम पठाउने र उनीहरू निको भएर आएपछि पुनः काममा फर्किने गरी व्यवस्थापनको काम मिलाइएको बताए।

“कोभिड-१९ ले ल्याउने समस्याबारे अरू देशको अवस्थालाई पनि ध्यानमा राखेर हामीले तयारी गरेका छौंं”, उनले भने, “अहिलेको महामारी रोकथाम, नियन्त्रणमा खटिनुपर्नेदेखि प्रहरीले दैनिकरूपले गर्दै आएका कामको बारेमा पनि कार्ययोजना बनाइएको छ।” यसबाट शान्ति सुव्यवस्था बहाली र अपराध नियन्त्रणलगायत प्रहरीले गर्ने दैनिक काममा असर नपरेको उनको भनाइ छ।

हेडक्वार्टरले संख्या घटाउन थाल्यो

विभिन्न ठाउँका प्रहरीमा कोरोना संक्रमण देखिन थालेपछि प्रहरी प्रधान कार्यालयले परिचालन हुने प्रहरीको संख्या घटाएर उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका सबै इकाईहरूलाई निर्देशन दिएको छ।

प्रहरीले कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रण तथा दैनिकरूपमा शान्ति सुव्यवस्था बहाली र अपराध नियन्त्रणमा केन्द्रित जनशक्तिबाहेक लकडाउन कार्यान्वयन गराउन खटिनेको संख्या कम गर्न थालिसकेको छ। “संक्रमितको संख्या बढ्दै गएपछि जोखिमका हिसाबले पनि सर्वसाधारण आफैं सचेत हुन थालेका छन्”, प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने, “त्यसैअनुसार लकडाउन कार्यान्वयनकै लागि खटाइने संख्या केही कम गर्दैछौं।”

नेपाल प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल पनि अत्यावश्यकबाहेक परिचालित हुने प्रहरीको संख्या कम गर्दै लगिएको बताउँछन्। “सुरक्षा गर्ने ठाउँहरूमा आवश्यकताअनुसार नै राखिरहेका छौं। तर, त्यहाँ परिचालन हुने कर्मचारी केही कम गरिएको छ”, उनले भने, “ड्युटीमा खटिँदा अपनाउनुपर्ने सुरक्षाका विषयमा सबैलाई सचेत गराइएको छ।”
उनले फिल्डमा खटिने प्रहरीलाई आवश्यक पर्ने सुरक्षा सामग्री उपलब्ध गराएर ड्युटीमा लगाउने काम भइरहेको बताए।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातवटै प्रदेशका प्रहरी प्रमुख, महानगरीय प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी इकाइलाई उच्च सतर्कता अपनाएर सुरक्षित हिसाबले परिचालन हुन निर्देशन दिइसकेका छन्। संक्रमण बढ्दै जाँदा जनशक्ति अपुग हुने आकलन गरेर प्रहरी प्रधान कार्यालयले बिदामा बसेका प्रहरीलाई पनि काममा फर्किन निर्देशन जारी गरिसकेको छ। त्यसैगरी अब सबै बिदा कटौती गरिएको छ।

सेना र सशस्त्र प्रहरीमा पनि कोरोना

कोरोना संक्रमणको महामारीविरूद्ध फ्रन्टलाइनमा प्रहरी मात्र होइन, नेपाली सेना र सशस्त्र प्रहरी पनि खटिएका छन्।

र, कोरोना संक्रमणबाट उनीहरू पनि अछुतो छैनन्।

अहिलेसम्म सशस्त्र प्रहरीमा एकजना नायव निरीक्षक (सई) र तीनजना जवानमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजना अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीनजना उपचाररत छन्।

त्यस्तै नेपाली सेनामा चारजना कोरोना संक्रमित भेटिएका छन्। नेपाली सेनाका संक्रमितमा एकजना उपरथी र एकजना एमबीबीएस डाक्टर छन् भने दुईजना सैनिक जवान हुन्। त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

" /> काठमाडाैं। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुईजना प्रहरीमा कोरोना संक्रमण भएको आज अपराह्न पुष्टि भएको छ। योसँगै बाराको जिल्ला प्रहरी कार्यालयमा संक्रमित हुने प्रहरीको संख्या ७ पुगेको छ।

"> ड्युटीका प्रहरीमा धमाधम कोरोना संक्रमण: प्रहरीसँगै सुरक्षामा समेत खतराको घण्टी: Dekhapadhi
ड्युटीका प्रहरीमा धमाधम कोरोना संक्रमण: प्रहरीसँगै सुरक्षामा समेत खतराको घण्टी

प्रतिक्रिया दिनुहोस्