काठमाडौं। नेपालमा गत मंसीरमा सम्पन्न तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा पाकिस्तानका तीन पदक विजेता खेलाडी डोपिङ परीक्षणमा असफल भएको बताइएको छ।
पुरूष ११० मिटर हर्डल्स स्पर्धाका स्वर्ण पदक विजेता मुहम्मद नाइम, ४०० मिटर हर्डल्समा स्वर्ण पदक विजेता मेहबुब अली र १०० मिटर दौडमा कांस्य पदक जितेका सामी उल्लाह डोपिङ परीक्षणमा असफल भएको पाकिस्तान एमेच्योर एथलेटिक्स संघलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
डोपिङमा असफल भएका खेलाडीलाई चार वर्षको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ। पाकिस्तानी स्रोतलाई उल्लेख गर्दै भनिएको छ, ‘‘संघले डोपिङ टेष्टको रिपोर्ट पाएको छ। तीनैजनाको रिपोर्ट पोजिटिभ आएको छ।’’
१३औं दक्षिण एशिया खेलकुद सागको डोपिङ प्रमुख डा. सरोजकृष्ण श्रेष्ठले आफूहरूले भोलिमात्र यसबारेको धारणा सार्वजनिक गर्ने बताए।
नेपालका ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस्तो प्रतिवेदन सार्वजनिक गर्नका लागि निश्चित प्रोटोकल हुने भएको निश्चित समयपछि मात्र सार्वजनिक गर्न मिल्ने बताए।
वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले प्रतियोगितामा खेलाडीको पदक जित्ने खेलाडीको तथा आफूलाई शंका लागेको खेलाडीको डोपिङ परीक्षण गर्ने गर्छ। परीक्षणको नतिजा पोजिटिभ आए पनि खेलाडीलाई स्पष्टीकरणका लागि मौका दिइन्छ।
" /> काठमाडौं। नेपालमा गत मंसीरमा सम्पन्न तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा पाकिस्तानका तीन पदक विजेता खेलाडी डोपिङ परीक्षणमा असफल भएको बताइएको छ।पुरूष ११० मिटर हर्डल्स स्पर्धाका स्वर्ण पदक विजेता मुहम्मद नाइम, ४०० मिटर हर्डल्समा स्वर्ण पदक विजेता मेहबुब अली र १०० मिटर दौडमा कांस्य पदक जितेका सामी उल्लाह डोपिङ परीक्षणमा असफल भएको पाकिस्तान एमेच्योर एथलेटिक्स संघलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

">