सेनाले शुरू गर्याे सैनिक कमाण्ड तथा स्टाफ तालिम

काठमाडौं। शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आजबाट तालिम शुरू भएको छ।

नेपाली सेनाका तर्फबाट ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट एक/एक गरी तीन अधिकृत सहभागी छन्। त्यस्तै श्रीलंका, बेलायत र संयुक्त राज्य अमेरिकाका एक/एक गरी तीन विदेशी शिक्षार्थीसहित ६६ जना अधिकृत सहभागी रहेकाे नेपाली सेनाले जनाएकाे छ।

सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्त्वपूर्ण तालिम भएको नेपाली सेनाकाे भनाइ छ।

हालसम्म नेपाली सेनाबाट ९१४, विभिन्न मित्रराष्ट्रहरुका ८३, नेपाल प्रहरीबाट ११, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १४ र रक्षा मन्त्रालयबाट एक गरी जम्मा एक हजार ४७ जना शिक्षार्थी अधिकृतहरुले सो तालिम लिइसकेको सेनाले जानकारी दिएकाे छ।

सेनाका अनुसार कोभिड-१९ को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षण गरी रोग नलागेको यकिन गरेपछि मात्रै शिक्षार्थी अधिकृतहरूलाई पूर्णरुपमा क्वारेन्टाइनमा राखी सामाजिक दूरी कायम गर्दै आवश्यक रोकथामका उपायहरूसमेत अवलम्बन गरेर तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन बलाधिकृत रथी शरदकुमार गिरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्