काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘च्याट काण्ड’ तत्काल साम्य नहुने देखिएको छ।
ललितपुर जिल्ला फुटबल संघले १२ जेठमा एन्फालाई आफ्नो अध्यक्षविरुद्धको कारबाही फिर्ता गर्न पत्र पठाएको थियो। तर, एन्फाले उल्टै जिल्ला संघलाई कार्यबाहक तोक्नका लागि पत्र काटेको छ।
एन्फाका पत्रबाट आफू अचम्ममा परेको ललितपुर जिल्ला संघका अध्यक्ष पुरूषोत्तम थापाले बताएका छन्। उनले एन्फाले आफूमाथि गरेको कारबाही ‘विधानसम्मत नभएको र पुर्वाग्रही भएको’ बताउँदै आएका छन्।
‘‘ललितपुर जिल्ला कार्यसमितिले सोमबार दिउँसो दुई बजे एन्फामा पत्र पठाएको थियो। तर, एन्फाले राति १०ः३० बजे पत्र पठाएर उल्टै कार्यबाहक तोकी पठाउनु भन्छ। अचम्म छ,’’ थापाले भने।
एन्फाले गत ५ जेठमा आगामी साधारण सभासम्मका लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघसमेतका सम्पूर्ण गतिविधिहरूमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरेको थियो।
एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपाधारा १४ बमोजिम थापालई कारबाही गरिएको जनाएको छ। एन्फा विधानको धारा ३६ मा ‘कार्यसमितिको अधिकार’ छ।
उपधारा १४ मा ‘कुनै पनि सदस्य वा व्यक्तिले एन्फाको विधानविपरीत गतिविधि गरेमा उक्त व्यक्ति वा सदस्य निकायको बर्खास्ती वा आगामी कंग्रेसको बैठकसम्मको लागि एन्फाका सदस्यलाई अस्थायी निलम्बन गर्ने’ भन्ने छ। तर, एन्फाले कार्यसमितिको बैठकबाट नभई सचिवालयबाट थापामाथि कारबाही गरेको छ।
त्यसपछि थापाले एन्फा सचिवालयलाई त्यस किसिमको कारबाही गर्ने अधिकार नरहेको भन्दै आफ्नो कारबाही विधानसम्मत नभएको बताउँदै आएका छन्। थापाले एन्फाको निर्णयविरुद्ध राष्ट्रिय खेलकुद परिषद्, एन्फा अनुशासन समिति, एएफसी र फिफामा अपील गरेका छन्।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘च्याट काण्ड’ तत्काल साम्य नहुने देखिएको छ।ललितपुर जिल्ला फुटबल संघले १२ जेठमा एन्फालाई आफ्नो अध्यक्षविरुद्धको कारबाही फिर्ता गर्न पत्र पठाएको थियो। तर, एन्फाले उल्टै जिल्ला संघलाई कार्यबाहक तोक्नका लागि पत्र काटेको छ।

">