काठमाडौं। नेपालमा आज एकैदिन ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्, यससँगै कूल संक्रमितको संख्या ७७२ पुगेको छ।
आज अर्घाखाँची र स्याङ्जामा पनि नयाँ संक्रमित थपिएका छन् र संक्रमित भेटिएका जिल्ला ४६ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा नेपालका सातै प्रदेशका ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको बताए।
आजसम्मको विवरणअनुसार सबैभन्दा बढी संक्रमित प्रदेश ५ मा छन्। त्यहाँमात्रै देशभरका संक्रमितमध्ये झण्डै आधा छन्। प्रदेश ५ का ८ जिल्लामा ३३१ जना संक्रमित भएका छन्।
आज मात्रै प्रदेश ५ को कपिलवस्तुमा २६ जना संक्रमित भेटिएका छन्। रूपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा मायादेवी नगरपालिकाका दुई जना पुरुष संक्रमित पाइएको थिए। त्यस्तै, दाङको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जना संक्रमित देखएिका हुन्।
जसमा दुई वर्षकी एक जना बालिकासमेत छिन्। बाँकी २३ जना १९ देखि ५५ जना उमेर समूहका पुरुषहरू हुन्। आजै प्रदेश ५ को अर्घाखाँची संक्रमित भएको जिल्लाको सूचिमा थपिएको छ। त्यहाँ दुई जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ पछि बढी प्रभाव प्रदेश २ मा परेको छ। प्रदेश २ का सबै आठवटै जिल्लामा संक्रमित देखिएका छन् र प्रदेशगत रूपमा त्यहाँ २६८ जना संक्रमित भएका छन्। आजै प्रदेश २ को रौतहटमा थप २२ जना संक्रमित भएका छन्। प्रदेश १ तेस्रो बढी प्रभावित प्रदेश हो । त्यहाँका सात जिल्लामा ८६ जना संक्रमित भएका छन्।
बागतमती प्रदेशका ११ जिल्लामा कोरोना संक्रमण पुगे पनि यहाँ ३८ जना मात्रै संक्रमित छन्। त्यस्तै, गण्डकी प्रदेश सबैभन्दा कम संक्रमित भएको प्रदेश भएको छ। त्यहाँका चार जिल्लामा सात जना मात्रै संक्रमित भएका छन्। जसमध्ये दुई जना स्याङ्जामा आज थपिएका हुन्।
कर्णाली प्रदेशका तीन जिल्लामा कोरोना पुगेको छ। दैलेख, सुर्खेत र जुम्लामा गरी त्यहाँ २५ जना संक्रमित भेटिएका छन्।
सुदूरपश्चिमका पाँच जिल्लामा कोरोना संक्रमण पुगेको छ, त्यहाँ १७ जना संक्रमित छन्।
देशभर संक्रमितमध्ये १५५ जना कोरोनामुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ। अहिले नेपालमा ६१३ जना सक्रिय संक्रमित छन्।
" /> काठमाडौं। नेपालमा आज एकैदिन ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्, यससँगै कूल संक्रमितको संख्या ७७२ पुगेको छ।

">