काठमाडौं। देशका विभिन्न जिल्लाहरूमा अहिलेसम्मकै धेरै संख्यामा मानिस क्वारेन्टाइनमा राखिएका छन्।
पछिल्ला केहीदिन यता सीमानाकासम्म आएका नेपालीहरूलाई सुरक्षित रूपले घर पठाउन थालिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्मकै धेरै मानिस क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज देशैभरका क्वारेन्टाइनमा ५५ हजार २८२ जना मानिस रहेको बताए।
हिजो ४६ हजार २९ जना रहेकोमा २४ घण्टामा ९ हजार भन्दा बढी मानिस क्वारेन्टाइनमा थपिएका हुन्।
प्रदेश १ मा एक हजार ७५८, प्रदेश २ मा १० हजार ५३५, बाग्मतीमा ९६४, गण्डकीमा एक हजार ५१३, प्रदेश नम्बर ५ मा २३ हजार ५८९, कर्णाली प्रदेशमा ५ हजार २६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६५७ जना मानिस क्वारेन्टाइनमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन् भने आरडीटी किट विधिबाट ९७ हजार ९६७ नमूना परीक्षण गरिएका छन्।
दुवै विधिबाट एक लाख ५२ हजार ३९१ नमूना परीक्षण गरिएका छन्। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७८२ र आरडीटीबाट २ हजार ७७५ नमूना परीक्षण भएका छन्। नेपालमा हालसम्म संक्रमितको संख्या ७७२ पुगेको छ। ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना निको भएर घर फर्किएका छन्।
" /> काठमाडौं। देशका विभिन्न जिल्लाहरूमा अहिलेसम्मकै धेरै संख्यामा मानिस क्वारेन्टाइनमा राखिएका छन्।पछिल्ला केहीदिन यता सीमानाकासम्म आएका नेपालीहरूलाई सुरक्षित रूपले घर पठाउन थालिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो।

">