कञ्चनपुर। पश्चिमको सीमा नाका गड्डाचौकीबाट यतिबेला भारतमा अलपत्र परेका नेपालीहरू भित्र्याउने काम भइरहेको छ।
लुकिछिपी अधैव नाका हुँदै भित्रिन थालेपछि प्रशासनले हिजो, १२ जेठबाट गड्डाचौकी नाका खुल्ला गरेर नेपालीको उद्धार गरिरहेको हो।
हिजो दिनभर उद्धार गरिएपनि आजदेखि भने बिहान मात्रै गरिएको छ। बिहान ६ बजेदेखि १० बजेसम्म मात्र उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए।
कोरोना भाइरस संक्रमणको जोखिम तथा गर्मीका कारण बिहानको समयमा मात्र उद्धारको काम गरिने प्रजिअ अधिकारीले बताए।
भारतबाट फर्किने मानिसको चाप घटेकाले पनि उद्धारको समय बिहान मात्र राखिएको उनको भनाइ छ।
आज ६९४ जनाको मात्र उद्धार गरिएको छ। हिजो भने २६०० जनाको उद्धार गरिएको थियो।
लकडाउनका कारण सीमानाका ‘सिल’ गरिँदा दोधराचाँदनी, ब्रह्मदेव, लगायतका अवैध नाका हुँदै मानिस भित्रिन थालेका थिए।
त्यसपछि स्थानीय प्रशासनले गड्डाचौकी खुला गर्दै अलपत्र परेकाहरूको स्वास्थ्य परीक्षण गरेर नेपाल ल्याउने निर्णय गरेको थियो।
" /> कञ्चनपुर। पश्चिमको सीमा नाका गड्डाचौकीबाट यतिबेला भारतमा अलपत्र परेका नेपालीहरू भित्र्याउने काम भइरहेको छ।लुकिछिपी अधैव नाका हुँदै भित्रिन थालेपछि प्रशासनले हिजो, १२ जेठबाट गड्डाचौकी नाका खुल्ला गरेर नेपालीको उद्धार गरिरहेको हो।

">