उक्त सूचना सार्वजनिक भएको एक, दुई दिनमै नेपाली महिला कलाकारको अनुहार जोडिएको अश्लिल भिडिओ सार्वजनिक भयो । अश्लिल भिडिओ अरू कसैको थियो तर शिर भने नेपाली महिला कलाकारको जोडिएको थियो । त्यस्तै फोटोसपबाट अरू १२ जना कलाकारको शिर जोडेर अश्लिल तस्वीर पनि प्रचार गरियो ।
उक्त भिडिओ र तस्वीर सार्वजनिक भएसँगै उक्त समूहले थप अरूको पनि यसरी नै सार्वजनिक गर्ने भन्दै चेतावनी दियो। नेपालले पूर्ण नक्सा सार्वजनिक गरेर ‘भारतसँग निहुँ खोजेकाले’ नेपाली महिला कलाकारको बेइज्जत गर्न त्यसो गरिएको सूचनामा उल्लेख छ ।
नेपालका महिला कलाकारहरूको शीर जोडेर अश्लिल भिडियो बनाउने र इन्टरनेटको माध्यमबाट अश्लिल साईटहरूमा राख्ने काम नरोकिएपछि प्रहरीमा उजुरी परेको छ। पीडितको तर्फबाट आज नेपाल चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको हो।
अन्य देशका अश्लिल भिडिओमा नेपाली नायिकाहरूको शीर जोडेर चरित्र हत्या गर्न खोजिएकोले आवश्यक छानविन गरेर कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिइएको संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए।
प्रहरीले उक्त विषयमा आवश्यक छानविन गरेर आवश्यक कारवाही गरिने प्रतिवद्धता जनाएको प्रवक्ता निरौलाले बताए।
“यो काम नेपालबाटै भएको हो वा बाहिरबाट भएको हो त्यसबारे अनुसन्धान गरिने प्रहरीले प्रतिवद्धता जनाएको छ”, उनले भने।
नेपालको पूर्ण नक्सा सार्वजनिक गरिएसँगै भारतीय ह्याकरहरूले नेपाली कलाकारलाई साइबर आक्रमण गर्न थालेका छन् । उनीहरूको अश्लील भिडिओ बनाउने, तस्वीर सार्वजनिक गर्ने जस्ता ‘आपराधिक काम’ भइरहेका नेपाली कलाकारहरूको भनाई छ ।
धमाधम नक्कली अश्लिल भिडिओ सार्वजनिक हुन थालेपछि उनीहरूमा मानसिक तनाव बढ्न थालेको छ ।
“यसरी अनावश्यक भिडिओ सार्वजनिक हुँदा चरित्र हत्या हुनुका साथै मानसिक पीडा पनि हुन्छ। बेकारमा तनाव दिने काम भइरहेको छ”, एक नायिकाले भनिन्।
" />

">