आज मात्र ९० जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडाैं। नेपालमा आज थप ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतमा १२ र बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै, सिरहाका ५, बाराका ३, महोत्तरीका २,  बारामा कार्यरत जुम्लाका २, अर्घाखाँचीका २, गुल्मीका २, स्याङ्जाका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र धनुषाका  १ जना कोरोना संक्रमित थपिएका हुन्।

यो सहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ।

ती मध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्