स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटीमा लगाउन देशभरका अस्पताललाई परिपत्र

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थितरूपमा दुई समूह बनाएर आलोपालो प्रणालीमा काममा खटाउन परिपत्र जारी गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ड्युटी सिफ्ट मिलाउन देशैभरका अस्पतालहरूलाई परिपत्र गरेका हुन्।

दुई टोली बनाएर एउटालाई एकहप्ता र अर्को टोलीलाई अर्को हप्ता हुने गरी मिलाउन भनिएको छ।

कोभिड-१९ रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी र सहयोगीहरू संक्रमित हुन गई सेवा प्रवाह निरन्तरता दिन कठिनाइ हुन सक्ने हुँदा आलोपालो मिलाउन भनिएको मन्त्रालयले जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा पनि पछिल्लो समय संक्रमण देखिन थालेपछि मन्त्रालयले देशैभरका अस्पताललाई यस्तो परिपत्र गर्दै सुरक्षित र व्यवस्थित बनाउन भनेको हो।

प्रतिक्रिया दिनुहोस्