काठमाडाैं। गुल्मी धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।
आफू गाउँपालिका र सदरमुकाम तम्घास मात्र पुगेको बताउँदै उनले भनेका छन्, ‘यो बीचमा मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टाइनमा नै बस्नमा लागि अनुरोध गर्दछु।’
आफ्नो अवस्था सामान्य रहेको हुँदा आत्तिन नपर्ने तर, उच्च सतर्कता अपनाउन जरुरी रहेको उनले बताएका छन्। संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने समयलाई आफूले अवसरको रूपमा प्रयोग गर्ने उनले प्रण गरेका छन्।
यस्ताे छ उनले जारी गरेकाे विज्ञप्तिः
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड-१९) हाम्रो देशमा पनि फैलिएको छ। यसै क्रममा केहीदिन पहिले गुल्मी जिल्लामा पनि संक्रमण देखिएको थियो।
छिमेकी गाउँपालिकामा संक्रमण देखिएका कारण हामीले पनि २०७७/०२/१० गते गाउँपालिकाभित्रका केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र स्थानीय प्रहरीको आर.डी.टी. परीक्षण गरेका थियौँ। जसमा एकजना पदाधिकारीको रिपोर्ट पोजिटिभ देखिएपछि मेरो र पोजिटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरी भैरहवा पठाइएकोमा स्वयं मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। यस बीचमा म धुर्कोट गाउँपालिकाभन्दा बाहिर सदरमुकाम तम्घास मात्रै गएकाे छु।
यति हुँदाहुँदै मेरो रिपोर्ट पोजिटिभ देखिएकाले धुर्कोट गाउँपालिका कोरोना भाइरसबाट उच्च जोखिममा रहेको पुष्टि भएको छ। हालको मेरो स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा खास आत्तिइहाल्नुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाउन जरुरी छ।
यो रोग समयमै पहिचान भएकाले केही हप्ता म एकान्तवास बस्नुपर्ने भएको छ। यस संक्रमणलाई मैले अवसरको रूपमा लिएको छु। मेरो एकान्तवास यस रोगका विरुद्ध लड्ने र समग धुर्कोट गाउँपालिकाको आगामी योजना र समृद्ध धुर्कोट निर्माणका लागि रहनेछ।
यो बीचमा मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टाइनमा नै बस्नमा लागि अनुरोध गर्दछु। यो सँगै धुर्कोट गाउँपालिका वडा नं. ४ का अर्का संक्रमितको बारेमा जानकारी गराउन पर्दा हाल भारतबाट आई पाञ्चायन मा.वि.को क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पी.सी.आर. रिपोर्ट पोजिटिभ देखिएको र उनी दीर्घ रोगीसमेत रहेका छन्।
धुर्कोट गाउँपालिका कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सम्पूर्ण सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ भने गाउँपालिकाको केन्द्र बर्बोट क्षेत्रदेखि वडा नं. ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ।
साथै यस संकटको घडीमा यस रोगलाई फैलिन नदिनका लागि सामाजिक दूरी अनिवार्यरूपमा कायम गरी पारिवारिक हिसाबले कृषि कर्म गर्न सक्नु हुनेछ। सम्पूर्ण धुर्कोटवासी बुबाआमा दाजुभाइ दिदीबहिनीहरूलाई धैर्य र संयमित बन्न हार्दिक अपिल गर्दै धुर्कोट गाउँपालिकाको विकासमा पुनः सक्रियका साथ अगाडि बढ्ने अठोट गर्दछु।
पढ्नुहाेस्ः
कोरोना संक्रमित गाउँपालिका अध्यक्ष भन्छन्- ‘छिटै जनताको सेवामा फर्कनेछु’
गुल्मीमा गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टि, सम्पर्कमा रहेका सीडीओको पनि परीक्षण गरिने
" /> काठमाडाैं। गुल्मी धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।आफू गाउँपालिका र सदरमुकाम तम्घास मात्र पुगेको बताउँदै उनले भनेका छन्, ‘यो बीचमा मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टाइनमा नै बस्नमा लागि अनुरोध गर्दछु।’

">