बूढानीलकण्ठ मन्दिर क्षेत्र ‘सिल’

काठमाडाैं। बूढानीलकण्ठ नगरपालिका-३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास ‘सिल’ गरिएको छ।

बूढानीलकण्ठ-३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।

सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्णरूपमा बन्द गरिएको छ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलसनमा राखिएको छ।

वडाध्यक्ष श्रेष्ठका अनुसार संक्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउने काम गर्दै आएका थिए।

नगरपालिकामा कोरोना संक्रमित हुने दुईजना पुगेका छन्।

यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्