टिपरको ठक्करबाट सईको मृत्यु <p>भक्तपुर। हिजो राति भक्तपुरको नयाँ ठिमी चोकमा टिपरले ठक्कर दिएर घाइते भएका प्रहरी नायब निरीक्षक (सई) निमबहादुर घर्तीको आज बिहान मृत्यु भएको छ।</p> <p>उनलाई हिजो राति साढे नौ बजे काठमाडौंबाट भक्तपुर जाँदै गरेका बा४ख ४७०१ र बा४ख ४३१८ नम्बरका टिपरले ठक्कर दिएका थिए।&nbsp;</p> <p>नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान सवा पाँच बजे उनको मृत्यु भएको हो।</p> <p>टिपर चालकहरू राजेन्द्र प्याकुरेल र राकेश सैंजुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सैंजुले मादक पदार्थ सेवन गरेर टिपर चलाएको पाइएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्