काठमाडौं। गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले गाउँपालिकाका अध्यक्षमा संक्रमण पुष्टि भएको बताए।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा हिजो गुल्मीका दुईजनामा संक्रमण भेटिएको थियो।
“पाँच जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो”, उनले भने, “दुईजनामा संक्रमण पुष्टि भयो। दुईको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी एकजनाको भने रिपोर्ट आउन बाँकी छ।”
दुईजनामध्ये एक संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष हुन्। स्वास्थ्य कार्यालय प्रमुख शर्माले संक्रमण पुष्टि भएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
उनीहरूको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढाइएको उनले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष संक्रमित पुष्टि हुनुअघि जिल्लास्तरका विभिन्न बैठकमा समेत सहभागी थिए।
जिल्ला स्वास्थ्य कार्यालयले अध्यक्षको सम्पर्कमा रहेका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायत प्रत्यक्ष सम्पर्कमा रहेका अन्य जनप्रतिनिधिहरूकोसमेत नमूना संकलन गरिने जनाएको छ।
धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले संक्रमित व्यक्ति जनप्रतिनिधि भएको भन्दै अहिले घरमै सेल्फ आइसोलेसनमा रहेको जानकारी दिए।
सेल्फ आइसोलेसनमा रहेका गाउँपालिकाका अध्यक्षलाई तम्घासमा रहेको आइसोलेनसमा राख्ने तयारी भइरहेको छ।
गुल्मीमा यसअघि दुईजनामा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको भने कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ। उनकै घरमा डेरा गरी बस्ने अर्का व्यक्तिलाई पनि संक्रमण पुष्टि भएको थियो।
" /> काठमाडौं। गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ।जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले गाउँपालिकाका अध्यक्षमा संक्रमण पुष्टि भएको बताए।

">