गुल्मीको धुर्कोट गाउँपालिकाका एक जनप्रतिनिधिमा कोरोना संक्रमण <p>काठमाडौं। गुल्मीको धुर्कोट गाउँपालिकाका एक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्&zwj;टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको नमूना परीक्षणमा हिजो गुल्मीका दुईजनामा संक्रमण भेटिएको थियो।</p> <p>एकजना गाउँपालिकाकै जनप्रतिनिधि र अर्कोजना क्&zwj;वारेन्टाइनमा बसिरहेका व्यक्ति भएको खुलेको हो।&nbsp;</p> <p>धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। उनीहरू दुवैलाई आइसोलेसनमा राख्&zwj;ने तयारी भइरहेको छ। गुल्मीमा यसअघि दुईजनामा कोरोना संक्रमण पुष्&zwj;टि भएको थियो।</p> <p>गुल्मीकै मदाने गाउँपालिकाका एक शिक्षकको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्