रुकुमपश्चिमको घटना छानविन गर्न गृहमन्त्रालयले बनायो पाँच सदस्यीय समिति

काठमाडौं। रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले मन्त्रालयकै सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए।

समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महान्यायाधिवक्ता कार्यालयका र गृहमन्त्रालयकै एकजना उपसचिव सदस्य रहनेछन्।

गृहमन्त्री रामबहादुर थापाले आज राष्ट्रिय सभाको बैठकमा बोल्दै घटनाको छानविन गर्न समिति बनाउने बताएका थिए। १० जेठ बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको गृहमन्त्रीले छानविन गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यो पनि पढ्नुहोस्

गृहमन्त्रीले संसदमा भने- 'छानबिन समिति बनाएर रुकुमपश्‍चिम घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं'

प्रतिक्रिया दिनुहोस्