क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई सैनिकसहित पाँचजनामा संक्रमण
<p>काठमाडौं। बाराको पचरौत नगरपालिकामा रहेको क्‍वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई सैनिकसहित पाँचजनामा थप संक्रमण पुष्टि भएको छ।</p>
<p>बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिले क्‍वारेन्टाइन सुरक्षा गर्ने दुईजना र क्‍वारेन्टाइनमा रहेका अन्य तीनजनामा संक्रमण देखिएको बताए।</p>
<p>बारामा संक्रमितको संख्या ४१ पुगेको छ। बारामा एकजनाको कोरोना संक्रमणका कारणले मृत्यु भइसकेको छ।</p>
<p>७० वर्षीय वृद्धको मृत्यु कोरोना संक्रमणबाटै भएको हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। आज संक्रमित पुष्टि भएका पाँचजनालाई अस्पताल लैजाने तयारी भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
