भारतमा आन्तरिक उडान : पाँच वर्षका बालकको एक्लो यात्रा

नयाँदिल्ली । भारत सरकारले लकडाउनयता बन्द रहेको आन्तरिक उडान हिजोदेखि सञ्‍चालनमा ल्याएको छ, जसको लाभ पाँच वर्षका विहान शर्माले पाएका छन् ।

कोरोना भाइरसको प्रसार रोक्न भारतभर लकडाउन लागू गरेयता उनी तीन महीनादेखि दिल्लीमा फसेका थिए । परिवारबाट टाढा थिए । आन्तरिक उडान शुरु भएपछि उनले दिल्ली-बैंग्लोरको विमानमा सीट पाए । र, आफ्नो परिवारसँग पुगे ।

उनी दिल्लीबाट विमानमा चढेपछि बैंग्लोर विमानस्थलमा उनकी आमा प्रतीक्षा गरिरहेकी थिइन् । समाचार एजेन्सी एशिया न्युज नेटवर्कसँग कुरा गर्दै उनकी आमाले भनिन्, “उनी दिल्लीबाट एक्लै घर आइपुगे ।”

समाचार एजेन्सीहरूले लिएको उनको तस्वीरमा देखिन्छ, उनी हातमा ‘स्पेशल क्याटेगोरी’ लेखिएको प्लेकार्ड बोकेर बसेका छन् । अर्थात्, उनी विशेष श्रेणीमा यात्रा गर्दै घर पुगेका हुन् ।

उनी केही दिनको छुट्टिमा आफ्ना हजुरबा-आमालाई भेट्न दिल्ली आएका थिए । तर, लकडाउनका कारण तीन महीनासम्म आमा-बाबुबाट टाढा रहे ।

प्रतिक्रिया दिनुहोस्